फिल्म । भारतमा पहिलो लहरको कोरोना भाइरसले गरेको असर कम भएपछी रिलिज भएको फिल्म हो मास्टर । तामिल , तेलुगु , मलयालम र हिन्दी भाषामा रिलिज भएको फिल्मले सय करोड माथिको व्यापार गर्दै दर्शकलाई हलसम्म पनि तान्यो । साउथ फिल्मनगरीमा राम्रो फ्यान फ्लोअर्स भएका विजय थल्पथी अभिनित फिल्मको राम्रै चर्चा भएको थियो ।
पछिल्लो समय ग्लोबल अनलाइन डाटाबेस आईएमडीबीले सन् २०२१ मा भारतमा अहिलेसम्म रिलिज भएका चर्चित फिल्म तथा वेब सिरिजको सूची सार्वजनिक गरेको छ । आईएमडीबीले सार्वजनिक गरेको वर्षको मध्यान्तरसम्म सूचीमा चर्चाको पहिलो स्थान तामिल फिल्म ‘मास्टर’ रहेको छ । फिल्ममा विजय संगै विजय सेतुपतिको मुख्य भूमिका रहेको थियो ।
एउटा मास्टरले बच्चाहरुलाई अपराधिक बाटोबाट हटाउने कथा फिल्म मार्फत देखाइएको छ । यसै लिस्टमा धुनषको ‘कर्नन’, मोहनलालको ‘दृश्यम् २’, र पवन कल्याणको ‘वकिल साहब’ पनि छन् । सिरिजतर्फ भने ‘एसपिरेन्ट्स’, ‘नोभेम्बर स्टोरी’ र ‘महारानी’ आईडीबीको चर्चित भारतीय सिरिजको सूचीमा अटाएका छन् । आईएमडीबीले बक्स अफिसको प्रदर्शनभन्दा पनि व्यवसायिक, समीक्षकको धारणा, तथ्यांकगत स्याम्पलिङ, पेज भ्यु आदिका आधारमा यो सूची सार्वजनिक गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
लिस्टमा रहेको फिल्म तथा सिरिज १. मास्टर (फिचर फिल्म, अमेजन प्राइम) २. एसपिरान्ट्स (सिरिज, टीभीएफ) ३. ह्वाइट टाइगर ( वेब फिल्म, नेटफ्लिक्स) ४.दृश्यम २ ( फिचर फिल्म, अमेजन प्राइम) ५.नोभेम्बर स्टोरी (सिरिज, डिज्ने प्लस हटस्टार) ६. कर्नन ( फिचर फिल्म, प्राइम भिडियो) ७. वकिल साहब (फिचर फिल्म, अमेजन प्राइम) ८. महारानी (सिरिज, सोनी लिभ) ९. क्रयाक (फिचर फिल्म, अहा) १०.दि ग्रेट इन्डियन किचेन ( फिचर फिल्म, अमेजन प्राइम)










