फिल्म । हलिउड अभिनेता टम क्रुज अभिनित हिट सिरिज मिसन इम्पोसिबलको फ्यानलाई खुसिको खबर रहेको छ । पछिल्लो सिरिज फलआउटको सफलताले यस फ्रान्चाइजका थप दुई फिल्मलाई लगातार छायांकन गरिरहिएको छ । सन् १९९६ मा पहिलोपटक रिलिज भएको ‘मिसन इम्पोसिबल’का सातौं र आठौं श्रृखंलामा टम क्रूज एजेन्ट इथन हन्टको भूमिकामा देखिने छन् । कोरोना भाइरसको कारण सिर्जित अवस्थाले असर गरिरहेको फिल्मको छायांकन पुनः रोकिएको छ । कारण उहि कोरोना भाइरस ।
लन्डन छायांकनको क्रममा फिल्मका एक सदस्यलाई कोरोना पोजेटिभ देखिएपछि छायांकन १० दिनका लागि रोकिएको छ । फिल्मको सातौं शृंखलाको सुटिङ केही दिनयता लन्डनमा भइरहेको थियो । निर्माण कम्पनी प्यारामाउन्टका प्रवक्ताले जुन १४ सम्मलाई सुटिङ स्थगित गरिएको जानकारी गराएका छन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्











