अमेजनले किन्यो एमजीएम

फिल्म । हलिउडमा निकै लामो समयसम्म फ्रेन्चाइज आउनेमा पर्छ ‘जेम्स बोन्ड’ । बेलायती जासुसको कथामा आधारित फिल्मले दर्शकहरुको मन जित्दै अगाडी बढिरहेको छ । यसलाई निर्माण गर्दै आइरहेको कम्पनि हो ‘मेट्रो गोल्डेवेन मेयर’ (एमजीएम) । हलिउडको पुरानो मध्येको एक यो कम्पनिलाई अमेजनले खरिद गरेको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार जेफ बेजोसको अमेजनले ८.४५ बिलियन डलरमा एमजीएमलाई खरिद गरेको हो । दुबै कम्पनीले बुधबार औपचारिकरुपमा मर्जर भएको घोषणा गरेका छन् । झन्डै शताब्दी लामो फिल्म निर्माणको इतिहास बोकेको एमजीएमले सुरुमा टेलिभिजन सिरिजको निर्माण गरेको थियो । अमेजनको इतिहासमा उसका लागि यो अहिलेसम्मकै दोस्रो ठूलो खरिद सम्झौता हो । यसअघि उसले सन् २०१७ मा होल फुड्स चेनलाई १३.७ बिलियन डलरमा खरिद गरेको थियो ।

एमजीएमसँग सय वर्ष पुराना फिल्म ‘बेन हर’ र ‘विजार्ड अफ ओजी’ देखि प्रदर्शनको पर्खाइमा रहेको जेम्स बन्ड सिरिजको ‘ नो टाइम टु डाई’सम्म छन् । अमेजनले किनेसँगै एमजीएमले बनाएका हजारौं फिल्म अमेजन प्राइमको प्लेटफर्ममा उपलब्ध हुने अनुमान गरिएता पनि यसबारे टुङ्गो लागिसकेको छैन ।

कमेन्ट गर्नुहोस्