‘धूम’ मा लेडी डन ?

0 Shares

फिल्म । बलिउडको ठूलो फ्रेन्चाइज मानिन्छ ‘धूम’ । सन् २००४ मा सुरु भएको यो फिल्मका हरेक शृंखलाले बक्स अफिसमा आफुलाई अब्बल सावित गरेको छ । नेगेटिभ भूमिका गर्ने कलाकारको चर्चा हुने ‘धूम’ सिरिजको पहिलोमा कोण अब्राहम , दोस्रोमा ऋतिक रोशन र तेस्रोमा आमिर खानले एन्टागोनिस्टको काम गरेका थिए । जोनपछी ऋतिकले उक्त लिगेसीलाई बढाए भने आमिरले फिल्मलाई तिन सय करोड क्लबमा पुर्याए ।

यसको नयाँ अर्थात् चौथो सिरिजमा शाहरुख खान र रणवीर सिंहको चर्चा बढिरहदा दीपिका पादुकोणको नाम पनि अगाडी आएको छ । फिल्म निर्माण कम्पनि यशराज फिल्मले दर्शकलाई थप ‘सरप्राइज’ दिन लेडी भिलेनको प्रस्तुत गर्न लागेको चर्चा बि-टाउनमा छ । यशराज फिल्म्सले आफ्नो स्थापनाको ५० औँ वर्ष पुरा गरेको अवसरमा ठुला फिल्म ल्याउने तयारी गरिरहेको छ । गत वर्ष ५० औँ स्थापना दिवस मनाएको यशराजले आउँदो वर्ष सलमान खानको टाइगरको नयाँ सिरिज , ऋतिक रोशनको वारको सिक्वेल , धूमको नयाँ सिरिज , शाहरुख खानको पठान लगायतका फिल्म ल्याउने तयारी थालेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्