फिल्म । अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को कारण बलिउडका दुइ फिल्म निर्मातालाई घाटा लागेको छ । निर्माणधिन फिल्म टाइगरको तेस्रो सिरिज र मैदानको बनाएको सेट ताउ ते चक्रवातका कारण नष्ट भएका छन् । फिल्म निर्माण कम्पनि यशराज फिल्म्सले गोरेगाउँमा एक भव्य सेट बनाएको थियो । जहाँ फिल्मका लिड क्यारेक्टर सलमान खान र कट्रिना कैफको दृश्य छायांकन गर्ने तयारी थियो ।
भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलिएकोले भएको लकडाउनका कारण छायांकन हुन् नसकेको सेट चक्रवातले भत्काएको छ । दुबई सेटअप गरिएको सेटलाइ अब पुनः निर्माण गर्नु पर्नेछ । मनिष शर्मा निर्देशित फिल्मलाई लार्जर देन लाइफ बनाउने तयारी यशराज फिल्म्सका आदित्य चोपडाको छ । पहिलो र दोस्रो सिरिज हिट भएपछी छायांकन भइरहेको तेस्रो सिरिजलाई दर्शकले प्रतिक्षा गरिरहेका छन् । फिल्ममा इमरान हास्मी पनि छन् ।
यस्तै , अजय देवगन अभिनित फिल्म ‘मैदान’ को पनि सेट भत्किएको छ । चक्रवातकै कारण मड आइल्याण्डमा लगाइएको सेटमा ८ खेल मध्ये ४ खेल छायांकन भइसकेको थियो । यद्दपी कोरोना भाइरसको कारण भएको लकडाउनले छायांकन पुरा हुन् सकेन । त्यसकारण यसको निर्माण पक्षले पुनः सेट निर्माण गर्नु पर्नेछ । फिल्म निर्माता मध्येका एक बोनी कपूरले मानवीय क्षति नभएको भारतीय मिडियालाई प्रतिक्रिया दिएका छन् । फिल्ममा अजय देवगन कोचको भूमिकामा छन् ।











