संगीतकार बने विश्वप्रकाश (भिडियो)

संगीत । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा संगीतबद्ध गीत ‘मिसले सोध्नु भो’ सार्वजनिक भएको छ । विद्यार्थीलाई शिक्षकको महत्व बुझाउने यो गीतमा स्वर भरेकी छिन् शर्माकी छोरी स्वीकृति शर्माले । भिडियोमा स्वीकृतिले अभिनय पनि गरेकी छिन् । गीतले बाबुआमा र शिक्षा दिने गुरुलाई भगवानको रुपमा चित्रित गर्दै सबैलाई सम्मान गर्नुपर्ने सन्देश दिएको छ ।

उपत्यकाको केही विद्यालयमा सुटिङ गरिएको गीतको भिडियोमा गायिका स्वीकृति शर्मासँगै गीता रिजाल, शारदा लुइँटेल ,गोपाल घिमिरे तथा स्कुले विद्यार्थीको अभिनय रहेको छ । कक्षा १० मा अध्ययनरत गायिका स्वीकृति संगीत शिक्षक प्रभुराज ढकालकी विद्यार्थी हुन् । गीतलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्