फिल्म । विपिन कार्कीले आफुलाई क्यारेटर अनुसार प्रस्तुत गर्ने गरेकाछन् । उनले आफ्नो पहिचान भन्दा पनि क्यारेक्टर मार्फत पाएको उपनामले आफुलाई दर्शकमाँझ स्थापित गरेका छन् । यिनै विपिन गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ मा छन् । उनले यसको पहिलो भागमा पनि काम गरेका थिए । उनको फणिन्द्रको क्यारेक्टरलाई दर्शकले रुचाए । पहिलो भागमा खासै आश गरिएको थिएन तर फिल्मको ‘वर्ड अफ माउथ’ को कारण यसले सफलता पायो । आश नगरिएको फिल्म राम्रो भएपछी दर्शकले तारिफ गरे ।
यतिबेला यसको सिक्वेल भने आश गरिएको भन्दा राम्रो भएको छ । ‘पहिलो भाग झैँ यसपटक पनि त्यति आश गरेको थिइन्’ हलमा दर्शकको प्रतिक्रिया लिन टिमसँग पुगेका विपिन भन्छन्’हामीले सोचेको भन्दा राम्रो प्रतिक्रिया पाएका छौ , दर्शकले रुचाउनु भयो ।’ फिल्ममा सामान्य जीवन बिताइरहेका उनले पैसा पाउँदा आउने उतार चढावलाई देखाइएको छ । ‘हामीले दर्शकको आश धेरै हुन्छ भनेर त्यहि अनुरुप मेहनत गरेका थियौ’ उनले भने । दर्शकले दिएको प्रतिक्रियाले विपिन सहित टिम दंग छन् ।
प्रदीप भट्टराईलाई निर्देशनमा डेब्यु गरौअने मात्र नभई स्थापित नै गराउने श्रेय जान्छ , जात्रालाइ । यसकै सिक्वेल जात्रै जात्रा शुक्रबारबाट प्रदर्शनमा आएको हो । फिल्ममा निकै चर्चामा रहेको ‘३३ किलो सुन काण्ड’ घटनाबाट प्रभावित भएर फिल्म निर्माण भएको हुन् सक्ने ट्रेलरका केहि दृश्यले संकेत गर्छ । सामान्य व्यक्तिले सुन पाएपछि आउने परिस्थितिलाई फिल्ममा प्रस्तुत गरिएको छ । विपिन कार्की, रबिन्द्र झा र रबिन्द्र सिंह बाँनिया सुन लुकाउन संघर्ष गरिरहेका छन् भने अभिनेता दयाहाङ राई हराएको सुन खोज्दै देखिएका छन् ।
फिल्ममा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् । फिल्ममा बर्षा राउत , राजाराम पौडेल , प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।