प्रियंका नै हुन् त ‘माया’ ?

फिल्म । गत साता फिल्म ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक भयो । ट्रेलरमा सम्पूर्ण कास्ट अटाएका छन् तर प्रियंका कहिँ कतै देखिएइनन् । यस्तो हुँदा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलर प्रति उपस्थित सञ्चारकर्मीले प्रश्न गर्दै प्रियंकाको खोजि गरे । ट्रेलरमा आर्यन सिग्देल , स्वस्तिमा खड्का , सलोन बस्नेत , शिवहरी पौडेल , अखिलेस प्रधान देखिएता पनि यो ‘माया’ नामको क्यारेक्टरमा केन्द्रित थियो । आखिर ‘माया’ को हुन् त ? ट्रेलर हेर्नेले सहजै अनुमान गर्न सक्छन् , स्वस्तिमा ।

स्वस्तिमा होइनन् भने संचिता लुइँटेल । तर , यतिबेला यसमा ट्विस्ट थपेकी छिन् , प्रियंकाले । उनि कार्यक्रममा उपस्थित भने थिइनन् र ट्रेलर पनि शेयर गरेकी थिइनन् । तर , मंगलवार उनले आफ्नो इन्स्टाग्राम एक स्टोरी हालिन् । जहाँ लेखिएको छ ‘मायालाई भेट्न तयार हुनुहुन्छ ?’ यसका साथै उनले ट्रेलर समेत शेयर गरेकी छिन् । के यसको अर्थ उनि माया हुन् त ? वा आफ्नो सानो भूमिका रहेर निर्माण पक्षले बताए पनि फिल्मको पब्लिसिटीलाई सहयोग पुर्याउन उनले स्टाटस शेयर गरेकी हुन् त ? वा उनि मायालाई भेट्न साउन ३० मा तयार रहनुस भन्दैछिन् ? उनले दर्शकलाई झनै एउटा ट्विस्ट थपेकी छिन् ।

फिल्ममा मायाको खोजिमा पोखरा देखि सिक्किमसम्म पुगेको देखाइएको छ । नाई नभन्नु ल सिरिजका निर्देशक बिकासराज आचार्यको निर्देशनमा तयार फिल्मलाई प्रेम कथामा आधारित फ्यामिली ड्रामा भनिएको छ । निर्देशक आचार्यले फिल्मको पटकथा सामिप्यराज तिमल्सेनासंगको सहकार्यमा तयार पारेका हुन् । फिल्ममा आर्यनसंगै स्वस्तिमा खड्का , संचिता लुइँटेल , शिवहरि पौडेल , सलोन बस्नेत , अनुभव रेग्मीसंगै अखिलेस प्रधानको अभिनय रहेको छ ।

फिल्ममा कविराज गहतराजको नृत्य , उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन छ । यसमा विशाल चाम्लिङ निर्माता छन् भने कार्यकारी निर्मात्री कविता रेग्मी हुन् ।

कमेन्ट गर्नुहोस्