फिल्म । पछिल्लो समय कोरोना भाइरसको कारणले गर्दा फिल्म प्रदर्शनमा अन्यौलता बढिरहेको छ । केहि ठुला बलिउड तथा हलिउड फिल्मले ओटीटी प्लेटफर्ममा फिल्म रिलिज पनि गरिरहेका छन् । वन्डर वुमन , मुलान लगायतका केहि फिल्महरु हलसँगै डिजिटल प्लेटफर्ममा रिलिज भए । यद्दपी पछिल्लो समय केहि फिल्म भने हलमै मात्र पनि रिलिज भए ।
पछिल्लो समय कोरोना भाइरसको नयाँ प्रजाति बढेसँगै फिल्म रिलिज रोकिरहेको अवस्थामा स्कारलेट जोन्सनको अभिनय रहेको ‘ब्ल्याक विडो’ आउँदो जुलाईमा रिलिज हुने भएको छ । एभेन्जर्सको एक क्यारेक्टर नताशा रोमानफलाई लिएर निर्माण गरिएको फिल्म ‘ब्ल्याक विडो’ लाई मार्भल स्टुडियोले हलसँगै डिजिटल प्लेटफर्ममा रिलिज गर्दैछ । फिल्मले नताशाको विगत र उनको रहस्यका बारेमा जानकारी दिनेछ । केट सर्टल्यान्डको निर्देशन रहेको फिल्ममा फ्लोरेन्स पु पनि महत्वपूर्ण भूमिकामा छिन् ।











