कहिले हेर्न पाइन्छ कपिल शर्मा सो ?

टिभी । टेलिभिजन सोमा द कपिल शर्मा सो निकै चर्चीत भयो । कपिलले यसै शो मार्फत आफुलाई भारतीय बेस्ट कमेडियनमा पार्न सफल भए । उनको यो सोलाई प्रतीक्षा गर्ने दर्शक धेरैछन् । यद्दपी टेलिभिजनमा यो सो छैन । मनोरञ्जनको डोज कम भएको महसुस गर्ने दर्शकहरुले सो छिटै ल्याउनु पर्ने मांग सामाजिक सञ्जालमा राख्दै आइरहेका छन् । केही महिना अघि यो सो बन्द हुनुको कारण कपिल दोस्रो सन्तानको पिता हुँदा घरमा समय दिनुपर्ने बताइएको थियो ।

यद्दपी सो अझै सुरु हुन् सकेको छैन । कोरोना भाइरस ( कोभिड १९ ) को दोस्रो वेभका कारण हाल महाराष्ट्र सरकारले सुटिङमा प्रतिबन्ध लगाएको छ । यसैले गर्दा पनि सो तत्काल आउने सम्भावना टरेको छ । यसलाई मेबाट स्टार्ट गर्ने भनिएको थियो तर अब त्यो सम्भावना बाँकी छैन । कपिल पनि अवस्था सामान्य नभएसम्म सो नगर्ने सोचमा छन् ।

कलाकारसंग च्याट गर्ने शो भएकाले स्थिति सामान्य नहुदासम्म त्यो सम्भव छैन । ‘कपिलले सोलाई उही उचाईमा राख्न अवस्था सामान्य नभएसम्म पर्दामा नफर्किने बताएका छन्’ कार्यक्रमसंग जोडिएको श्रोतलाई उद्रित गर्दै भारतीय मिडियामा खबर छ । बलिउडका ए लेभलका सेलिब्रेटी आउने सोमा पछिल्लो समय अतिथिको अभाव हुन् थालेको थियो । यो कुराले गर्दा कपिल खुसि थिएनन् ।

कपिलले सोलाई उस्तै उचाईमा राख्न पहिला झैँ माहोल हुनुपर्ने अडान लिएको बताइएको छ । यद्दपी यसबारे आधिकारिक रुपमा टेलिभिजन र कपिलले बोलेका छैनन् ।

कमेन्ट गर्नुहोस्