विदेश । आइतबार भएको खेलमा बिल्बाओले बार्सिलोनालाई ३-२ गोलले पराजित गर्दै एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कपको उपाधि जितेको छ । खेलको ४० मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर , ४२ मिनेटमा बिल्बाओका मार्कोसले बराबरी गोल फर्काए।
७७ मिनेटमा बार्सिलोनाले दोस्रो पटक पनि ग्रिजम्यानले गोल गर्दै अग्रता दिलाए । ९० मिनेटमा बिल्बाओले बराबरी गोल फर्काउन सफल भयो। उसका भिल्लारिब्रेले गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्याए । त्यसपछि थपिएको ३० मिनेटमा ९३ मिनेटमा विलियम्सले गोल गरेर बिल्बाओलाई ३-२ ले अघि बढाए ।
कप्तान लिओनल मेसीले अतिरिक्त समयको अन्तिम मिनेटमा रातो कार्ड पाएका थिए । भिलालिब्रालाई फाउल गरेपछि मेसीले रातो कार्ड पाएका थिए । मेसीले बार्सिलोना करियरमै पहिलो पटक रातो कार्ड सामना गरेका हुन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्









