देश । अधिवक्ता विश्वेश्वरप्रसाद गौतमले विज्ञापन नियमन गर्ने ऐन, राष्ट्रिय प्रसारण नियमावलीविरुद्ध डाउनलिंक अनुमति नलिएका विदेशी टेलिभिजन तथा भिडियो सामग्री एप्लिकेसनमार्फत प्रसारण भएको भन्दै त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसराण विभाग, नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर परमादेश लगायतका उपयुक्त आदेश माग गर्दै रिट परेको हो ।
गत कात्तिक ७ गतेबाट क्लिन फिड लागू भएको छ । तर, आईपी टिभीले प्रयोग गरेका सेट-टप बक्स एन्ड्रोइड भएकाले त्यसमा एपहरु डाउनलोड गरेर चनाउने गरिएको छ । युट्युब, हटस्टार, हंगामा, आजतक, अस्था लगायतका एपहरु डाउनलोड गरेर क्लिन फिड नगरी भिडियो समाग्री प्रसारण भइरहेकाले त्यसलाई रोक्न व्यवसायीले माग गर्दै आएका छन् । अझ मोबइलमा पनि एन्ड्रोइड र आईओएसमा विभिन्न एपहरु डाउनलोड गरेर अनलाइन र (ओभर दि टप)ओटीटीको माध्यमबाट डाउनलिंक अनुमति नलिएका र क्लिन फिड नगरिएका सामग्री प्रसारण भइरहेको रिटमा उल्लेख छ ।
एन्ड्रोइड आईपी टिभी बक्समार्फत एप्लिकेसनबाट हुने विज्ञापनरहित टिभी/भिडिओ प्रसारण रोक्न माग गर्दै सर्बोच्च अदालतमा मुद्दा दायर भएको हो । इन्टरनेट सेवा प्रदायक कम्पनीले पछिल्लो समयमा इन्टरनेटसँगै दिने गरेको आईपी टिभी सेवामा अवैध एप प्रयोग भएको भन्दै सर्बोच्चमा रिट दार्ता भएको हो ।









