रवि र निकिताले गरे कानुनी विवाह

देश । अन्तत रवि लामिछाने र निकिता पौडेलले कानुनी विवाह गरेको आफैले सार्वजनिक गरेका छन् । केहि समय अगाडी यी दुईले विवाह गर्न लागेको खबर सार्वजनिक भएर चर्चा पाएको थियो । रविकि पुर्व पत्नीले डिभोर्सको खबरलाइ मिडियामा ल्याएपछी उनि चर्चामा आएका थिए । चलचित्र विकास बोर्डकी अध्यक्ष समेत रहेकी निकितासँग तस्वीर हाल्दै रवि आफैले विवाह बारे बोलेका छन् ।

सोमवार उनीहरुले काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गरेका हुन् । यो कुराको जानकारी रविले आफ्नो फेसबुकमार्फत् दिएका छन् । साथै , यी दुईले आउदो बैशाखमा विवाह गर्ने समेत जनाएका छन् । निकिता गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी हुन् । पहिलो बैबाहिक सम्बन्ध टुंग्याएर उनी वर्षौदेखि एक्लै बस्दै आइरहेकी थिइन् । रवि र निकिता मित्रपार्कको ‘अम्बे अपार्टमेन्ट’ मा तलमाथिको फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्