सिरिज । बलिउड अभिनेता सैफअलि खानले आउँदो वर्ष डिजिटल डेब्यु गर्ने भएका छन् । उनले प्राइम अमेजनमा प्रशारण हुने सिरिज ‘ताण्डव’ मार्फत डिजिटल डेब्यु गर्दैछन् । उनको सिरिज आउँदो वर्ष सन् २०२१ को जनवरी १५ बाट सुरु हुनेछ । पोलिटिकल ड्रामा सीरीज ‘ताण्डव’ लाई हिमांशु मेहरा र अली अब्बास जफरले निर्माण गरेका हुन् ।
‘यो देशमा जो प्रधानमन्त्री हो उनी नै राजा हुन्’ टिजरमा पोलिटिकल झण्डा र भीडभाड सहित सैफको जबर्जस्त डायलग छ । यसमा डिम्पल कपाडिया, तिग्मांशू धूलिया, सुनील ग्रोवर लगायत कलाकारको अभिनय पनि रहेको छ । ताण्डवका माध्यमबाट दर्शकलाई राजनीतिमा सत्ताको भोक र सत्तामोह देखाउने निर्माता अली अब्बास जफरले बताएका छन् । सिरिजको निर्देशकसँगै क्रिएटर पनि उनै हुन् ।
कमेन्ट गर्नुहोस्










