सरोज र समिक्षाको ‘त्यस्तै त्यस्तैमा’ (भिडियो)

संगीत । गायक सरोज साजन श्रेष्ठ र नायिका समिक्षा अधिकारीको स्वरमा समावेश डान्सिङ नम्बर ‘त्यस्तै त्यस्तैमा’ सार्वजनिक भएको छ । गीतमा यादव लम्सालको शब्द तथा अर्जुन पोखरेलको संगीत छ ।

डान्सिङ शैलीमा तयार गीतमा यूवा–यूवतीविच हुने प्रेम, मन परेको मानिसलाई फकाउनका लागि यूवकले गरेको विभिन्न तरिकालाई प्रस्तुत गरिएको छ ।

विधान कार्कीको निर्देशनमा तयार भएको भिडियोमा प्रकाश घिसिङको लगानी छ । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । यो भिडियोमा सुधिर श्रेष्ठ, श्रेया सिटौला, डिमोन क्षेत्री, रुविसा श्रेष्ठको अभिनय छ ।

कमेन्ट गर्नुहोस्