सङ्गीत । नेपाली साङ्गीतिक क्षेत्रमा तीजको रौनक बढिरहेको बेला बस्सन्ती लामा र राज टाइगरको स्वरमा रहेको नयाँ तीज गीत ‘सुनको चुराले’ सार्वजनिक भएको छ।
सपना बानियाँको शब्द रचना र बस्सन्ती लामाकै सङ्गीत रहेको यो गीतमा परम्परागत लोकधुन र आधुनिक भावको सुन्दर मिश्रण पाइन्छ। “माइत जाने कुरा थियो यसपालिको तीजमा, कहाँबाट छिरेउ बुढा तिमी बीचमा- ए सुनको चुराले, लौ दिक्कै पार्यौ बुढा तिम्रा कुराले” जस्ता रमाइलो तथा व्यंग्यात्मक शब्दहरूले गर्दा यो गीतले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ ।
आदित्य बुढाथोकीको निर्देशन र राहुल बराइलीको कोरियोग्राफीमा बनेको भिडियोमा दिक्पाल कार्की, राज टाइगर, सुषमा मगर र पुष्पा बिसुङ्खे लगायत कलाकारको अभिनय तथा नृत्य रहेको छ ।
कमेन्ट गर्नुहोस्










