संगीत । नेपाली संगीत बजारमा एउटा पृथक कथावस्तु सहितको सुमधुर पप गीत ‘सम्झनाका साँझहरु’ सार्वजनिक भएको छ । आशिष रानाभाटको स्वर तथा संगीत रहेको गीतमा शब्द सुरज ढकालको रहेको छ । गीतको लयकार सगुन लिम्बु हुन भने गीतमा गितार बाजन दिपक थापाको छ । प्रेमील भाव बोकेको गीतमा अनुपमा भण्डारी र अन्जन खड्काको अभिनय रहेको छ ।
भिडियोलाई काठमाण्डौका विभिन्न स्थानमा छायांकनसँगै सम्पादन दिपेन बस्न्यातले गरेका हुन । अर्थ पिक्चर्सको ब्यानरमा निर्माण भएको भिडियोको कथा, लेखन तथा निर्देशन नयाँ प्रवृत्तिका कथाकार राजेश श्रेष्ठले गरेका हुन् ।
कमेन्ट गर्नुहोस्












