फिल्म । हलिउडमा ठुलो फिल्म निर्माण कम्पनिको रुपमा परिचित मध्येको एक कम्पनि बार्नर ब्रोजले सन् २०२१ मा रिलिज हुने तयारीमा रहेका सबै फिल्म ओटीटीमा पनि सार्वजनिक गर्ने निर्णय गरेको छ । बार्नरले फिल्म एक महिनाका लागि एचबिओ म्याक्समा पनि स्ट्रिमिङ हुने जनाएको छ । अघिल्लो हप्ता मात्र ‘वन्डर वुमन १९८४’ हलसगै ओटीटी प्लेटफर्म अन्तर्गत एचबिओ म्याक्समा पनि रिलिज गर्ने निर्णय गरेको वार्नरले आफ्नो निर्माण कम्पनीबाट बनेर २०२१ को रिलिज मिति कुरिरहेका सबै फिल्मको हकमा सोहि निर्णय दोहोर्याएको हो ।
I got you something ✨nice✨ this year:
— Warner Bros. Pictures (@wbpictures) December 3, 2020
🎁 The biggest movie premieres
🎁 In theaters and on HBO Max the exact same day
🎁 Beginning December 25 with #WonderWoman1984#HBOMax #WBPictureshttps://t.co/QA8MlErRYQ pic.twitter.com/VuYkTa6BGx
कम्पनि सिइओ एन सर्नाफले महामारीका कारण एक वर्षका लागि कम्पनीले कतै पनि दर्शक नुछुटुन भनेर यस्तो निर्णय लिएको प्रस्ट्याएकी छिन् ।‘ यो हल सञ्चालक र फिल्मप्रेमी दर्शक दुवैका लागि बराबर फाइदा हुने योजना हो’ सर्नाफले बताइन । ‘म्याट्रिक्स ४’, ‘ड्युन’, ‘टम एन्ड जेरी’, ‘गडजिला भर्सेज कङ’,‘ मोर्टल कम्ब्याट’, ‘कन्जुरिङ’ जस्ता फिल्म आउँदो वर्ष रिलिज हुने लिस्टमा छ ।










