भाइरल गर्ल समाइरासँग सुष्मा (भिडियो)

संगीत । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल रहेकी बालिका समाइरा थापा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा समाइरासँगै सुष्मा कार्की र सन्दीप श्रेष्ठ फिचर्ड छन् । गीत सुष्मा आमा बनेकी छिन् भने समाइरा छोरी । गीतमा अम्बिका गुरुङको शब्द र राजन कार्कीको संगीत छ । संगीतकार कार्कीले गायनमा कुमारी बिसीलाई साथ दिएका छन् ।

अभिभावकले आफ्नो सन्तानको उज्ज्वल भविष्यको निमित गर्ने गतविधिलाई भिडियोमा देखाइएको छ । सन्चु थोकरको छायांकन रहेको भिडियोमा तेन्जु योन्जनको कोरियोग्राफी, अटल मगरको श्रृङ्गार, राम केसीको फोकस र श्रीकृष्ण श्रेष्ठको सम्पादन छ । भिडियोलाई त्रिषा केसीले निर्देशन गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्