‘बीर विक्रम २’ लाइ प्रिमियरमा तारिफ (फोटोफिचर)

60 Shares

फिल्म । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘बीर विक्रम २’ को राजधानीमा भव्य प्रिमियर गरिएको छ । बुधवार राजधानीको कुमारी हलमा भएको फिल्मको ‘पर्पल कार्पेट प्रिमियर’ मा फिल्मकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । ‘रोयल प्रिमियर’ नाम दिइएको प्रिमियरमा कलाकारहरुको राम्रो उपस्थिति रहेको थियो भने फिल्मकी अभिनेत्री वर्ष सिवाकोटीले सबैको नजर तनिरहेकी थिइन् ।

लामो पिङ्क गाउनमा प्रिमियरमा पुगेकी वर्षा आकर्षण केन्द्रमा थिइन् । फिल्मका अभिनेताद्वय पल शाह , बुद्धि तामाङ र नाजिर हुसेन भने सुटमा ठाटिएका थिए । निर्देशक मिलन चाम्सले भने दौरा-सुरुवालमा रातो रंगको कोट लगाएका थिए । अघिल्ला प्रिमियर झैँ यस पटक पनि चाम्सले भव्य र सभ्य बनाउन कुनै कसर बाँकी राखेनन् ।

करीब ३ सय बढी फिल्मकर्मीहरुको उपस्थिति रहेको प्रिमियरमा फिल्मका प्रमुख कलाकारहरुलाई ब्यान्ड बाजासहित प्रवेश गराइएको थियो । साथै, निर्माण टिमले फिल्मका प्राविधिकहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको थियो । प्रिमियरमा शिव श्रेष्ठ, भुवन केसी, पूजा शर्मा, सन्दीप क्षेत्री, अनु शाह, प्रमोद खरेल, शिल्पा मास्के, तेरिया मगर, प्रशान्त ताम्राकार, कुञ्जना घिमिरेलगायतका कलाकारहरुले उपस्थिति जनाएका थिए । फिल्मलाई प्रिमियरमा रुचाइएको छ । कथावस्तु भन्दा पनि यसको प्रस्तुतीकरणलाई अधिकांसले तारिफ गरेका छन् ।

विशेष गरि भुवन र शिवले फिल्मको प्रसंसा गरे । नेपाली फिल्मका खम्बा मानिने यीद्वयले फिल्म रमाइलो रहेको बताए । डान्सर तेरियाले पनि फिल्मको प्रशंसा गरिन् । पल र नाजिरकोे प्रगाढ मित्रतामा वर्षाको अगमनपछि आउने उचारचढावमा फिल्म केन्द्रित । प्रदीप भारद्धाजको कथामा बनेको ‘बीर विक्रम २’ का छायाँकार सुदीप बराल हुन् । अपर्ण सापकोटा निर्माता रहेको फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा हिमाल केसीको द्वन्द्व छ ।

तस्वीरहरु : आर्यन बिमली

Facebook Comments