विदेश । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा गएराती भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गर्दै सनराइजर्स हैदरावाद दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । ६ विकेटको जित हात पारेसँगै हैदरावादले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग खेल्ने छ । आइतबार हुने दोस्रो क्वालिफायर खेलमा विजयो टिमले मंगलबार राति उपाधिका लागि मुम्बई इण्डियनसँग भिड्नेछ ।
पहिले ब्याटिङ गरेको बेंग्लोरले ७ विकेटको क्षतिमा १ सय ३१ रन मात्र जोड्न सक्यो । १ सय ३२ रनको सामान्य लक्ष्य हैदरावादले २ बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पूरा गर्यो । (एजेन्सी)
कमेन्ट गर्नुहोस्











