संगीत । दिपकराज पाठकको लेख्न रहेको गीत ‘भोटे ताल्चा’ सार्वजानिक भएको छ । गायिका रचना रिमाल र शँकर दाहालको आवाज रहेको गीतमा बिपिन आचार्यले सँगीत भरेका छन् । सांगीतिक बजारको अवस्थालाई चित्रण गर्न खोजिएको गीतमा शिशिर भण्डारी, स्मृति श्रेष्ठ, एलिशाा श्रेष्ठ, श्रद्धा गौतम, सँचिता पाँचकोटी, आकंक्षा तामाङ र सबिता रानाको अभिनय रहेको छ ।
गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् भने यसमा नृत्य र निर्देशन सन्तोष राजबहाकको रहेको छ । गीतलाई डिन्सन शाहले सम्पादन गरेका हुन् ।
कमेन्ट गर्नुहोस्










