‘हामी ठिक छौँ’

फिल्म । मह जोडीका ‘ह’ अर्थात हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि सोमवार पिसिआर परीक्षण गराउँदा दुवै जनाको रिपोर्ट पोजेटिभ आएको स्वयम् हरिवंशले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘यहाँहरुको माया, आर्शिवाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं । कोरोना संक्रमण व्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

साथै , उनले आफ्नो सम्पर्कमा रहेकालाई होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन पनि आग्रह गरेका छन् । यद्दपी आफुहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिएका छन् । ‘हामी अहिले ठिक छौँ’ उनले भने । उनले स्वास्थ्यकर्मीको सल्लाह अनुसारनै होम आइसोलेसनमा रहेको समेत बताए । पछिल्लो समय फिल्म ‘हुतुतु’ मा काम गर्ने सहमति भएपछी उनि केहि समय स्क्रिप्ट छलफलमा सहभागी थिए ।

कमेन्ट गर्नुहोस्