हेटौडामा मणिकै नेतृत्व

फिल्म । यतिबेला चलचित्र पत्रकार संघ नेपालको विभिन्न शाखाको अधिवेशन हुने क्रम बढ्दो छ । यसैक्रममा दाङ र रुपन्देही शाखा पछि हेटौडामा भएको अधिवेशनले पुनः मणिराज गौतमलाई नै अध्यक्षमा चयन गरेको छ । गौतमलाई संघले निर्विरोध अध्यक्षमा चयन गरेको हो । यस्तै उपाध्यक्षमा कपिल खड्का, सचिवमा श्रीराम अर्जुन, सह-सचिवमा रविन्द्र गौतम, कोषाध्यक्षमा मनोज देवकोटा निर्विरोध चयन भएका छन् ।

सदस्यमा अमृता पराजुली, दर्शन क्षेत्री, दीपक सिंह रुम्बा र सन्नु रिजाल छन् । यस्तै केन्दीय प्रतिनिधिमा मणिराज गौतम र रामप्रसाद पण्डित चयन भएका छन् । उनीहरुले चलचित्र पत्रकार संघ नेपालको अधिवेशनमा मत दिनेछन् । यसैबीच शाखाले स्वर्गीय केशव भट्टराईको परिवारलाइ नगद रु ५० हजार सहयोग गरेको छ ।

कमेन्ट गर्नुहोस्