जेम्स बोन्ड नोभेम्बरमै रिलिज हुने

फिल्म । कोरोना भाइरस (कोभिड १९) को कारण विश्वका धेरै देशहरु पहिले झैँ सामान्य रुपमा संचालनमा आउन सकेको छैन । कोरोना भाइरसको कारण सिर्जित अवस्थाले मनोरंजन क्षेत्रलाई पनि उत्तिकै असर गरेको छ । फिल्म हल खुल्न सकेका छैनन् भने खुलेकाले दर्शक पाएका छैनन् । यस्तैमा आउँदो नोभेम्बरमा रिलिज पक्का गर्ने फिल्म परेको छ , जेम्स बोन्ड ।

बोन्ड फ्रेञ्चाइजीको २५ औं फिल्म ‘नो टाइम टु डाइ’ ले दोस्रो ट्रेलर सार्वजनिक गर्दै आउँदो नोभेम्बर २० मा रिलिज हुने निश्चित गरेको छ । गत अप्रिलमै प्रदर्शनमा आउने तय भएता पनि कोरोना भाइरसको कारण फिल्म रोकिएको थियो । बिस्तारै जनजीवन सामान्यतर्फ फर्कन लाग्दा फिल्मको निर्माण कम्पनीले दोस्रो ट्रेलर रिलिज गर्दै प्रचारप्रसार शुरु गरेको छ । क्यारी जोजी फुकुनागाद्वारा निर्देशित ‘नो टाइम टु डाइ’ मा ड्यानियल क्रेग पाचौँ पटक बोन्डको भूमिकामा छन् । बोन्ड फ्रेञ्चाइजीको ५८ वर्षको अन्तरालमा २४ वटा फिल्म प्रदर्शन भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्