देश । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पछिल्लो समय बढ्दो छ । कोरोना संक्रमणबाट बिराटनगरमा थप एक जनाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो । उनको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
संक्रमित महिलालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । विराटनगर–१५ मिल्स एरिया घर भएकी महिला बिराटनगर–११ मा बस्दै आएकी थिइन् । उनको मंगलबार बेलुका कोशी अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
कमेन्ट गर्नुहोस्











