देश । पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई मुल्यांकन गर्दै अनामनगरमा पूर्वीगेट अगाडी सेनिटाइजरको व्यस्था गरिएको छ । फिल्म वितरक तथा कलाकार करण श्रेष्ठको पहल पूर्वीगेटको अपोजिटमा सेनिटाइजर बुथ रखिएको हो । त्यहाँ आवतजावत गर्ने बटुवाले उक्त बुथबाट हात सेनिटाइज गर्न सक्नेछन् ।
जागौँ युवा अभियानद्वारा अनामागरमा विक्षारोपनसंगै कोरोना भाइरसको जोखिम बढेसंगै मास्क वितरणसंगै जनचेतना फैल्याउने काम भईरहेको छ । करण उक्त समुहका अध्यक्ष पनि हुन् । उनले आफु रहने ठाउँहरुमा सबैले यस्तै किसिमको व्यस्था गर्न आग्रह पनि गरे । ‘हामीले आफ्नो निवास र कार्यस्थलमा यस्ता सेनिटाइजर बुथको स्थापना गर्न सक्यौ भने पनि जोखिमलाइ केहि कम गर्न सक्छौँ’ करणले भने । उनले यो कार्यबाट युवालाई प्रेरित हुन् आग्रह पनि गरे ।
कमेन्ट गर्नुहोस्











