संगीत । परिवारसहित लामो समयदेखि अमेरिका बस्दैआएका गायक प्रेम राजा महत र उनकी पत्नी कविता महतलाई कोरोनाभाइरसको संक्रमण भएको छ। यसबारे महत स्वयम्ले फेसबुकमार्फत जानकारी दिएका हुन् । प्रेमराजाले हाल आफूहरु घरमै सुरक्षित तरिकाले बसिरहेको जानकारी दिएका छन् । साथै चिकित्सक समेत रहेका छोरा सरगमको स्वास्थ्य निरीक्षण र निगरानीमा रहेको उनले जनाए । अर्थात आइसोलेसनमा छन् । अमेरिकाको बाल्टीमोरमा व्यवसाय समेत सञ्चालन गर्दैआएका गायक महत अमेरिकाका लागि नेपाली महावाणिज्यदूत पनि हुन् ।
कमेन्ट गर्नुहोस्










