सुगमले लेखे ‘बुवा हजुरको याद आउछ’

संगीत । वरिष्ठ नाट्यकर्मी,अभिनेता,निर्देशक सुनिल पोखरेल तथा चर्चित लोकप्रिय गायक सुगम पोखरेलका पिता एक नाथ पोखरेलको निधन भएको छ । नाग्पंचमीकै दिन बेलुकी ९ बजेर १५ मिनेटमा ८२ वर्षीय पोखरेलले देह त्याग गरेका थिए । उनको निधन बिराटनगर स्थित रंगेलीमा भएको हो । उनको परिवारमा श्रीमती,३ छोरा सुनिल,सुशील र सुगम र २ छोरीहरु सुनिता र कबिता रहेका छन् ।

आइतबार हिन्दु परम्परा अनुसार उनको अन्तेष्टी गरिएको छ । पिता गुमाएपछि गायक सुगमले भावुक हुदै सामाजिक सञ्जालमा स्टाट्स पोस्ट गरेका छन् । उनले बुवा सम्बन्धि गीत तयार पारेको र सुनाउन नपाएको जनाउदै ‘बुवा हजुरको याद आउछ’ लेखेका छन् ।

कमेन्ट गर्नुहोस्