वैशाखमा दीपकको फिल्म

0 Shares

फिल्म । पछिल्लो समय बलिउडवा हलिउडका फिल्मलाई प्रसस्तै स्थान नेपालमा दिईने गरिन्छ । यसैको पछिल्लो उदाहरण हो , वैशाख १३ को डेट । अघिल्ला वर्षमा यस डेटमा दुइवटा सम्म फिल्म भिड्न तयार रहेता पनि आउँदो वैशाख १३ मा भने नेपाली फिल्मले हलिउड फिल्म ‘एवेन्जर्स : इण्ड गेम’ को लागि स्थान खाली गरेपछि उक्त डेटमा ‘छक्का पञ्जा २’ रि-रिलिज हुने भएको छ ।

निर्माता तथा कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकको स्टाटस मार्फत दर्शकको डिमाण्डका कारण फिल्म रि- रिलिज गर्न लागिएको जनाएका छन् । फिल्मलाई यस अगाडीनै चैत्रमा रिलिज गर्ने तयारी थियो तर उक्त डेटमा नेपाली फिल्म भएको कारणले टिमले निर्णय फिर्ता लिएको थियो । तर , वैशाखको दोस्रो साता नेपाली फिल्म विहिन हुने भएको र चैत्र २९ मा प्रदर्शनमा आउने फिल्मलाई असर नगर्ने भएकाले यस्तो निर्णय लिएको दीपकको भनाइ छ । नोभेम्बर रेन र कबड्डीले वैशाख १३ को डेटमा सफलता हातपारेपछि उक्त डेट निर्माताको रोजाईमा पर्दै आएको थियो ।

दीपाश्री निरौलाको निर्देशनमा तयार फिल्ममा दीपकसँगै जितु नेपाल , केदार घिमिरे , शिवहरी पौडेल , प्रियंका कार्की , स्वस्तिमा खड्का , वर्षा राउत लगायतको अभिनय रहेको थियो । गत वर्ष दसैँमा प्रदर्शनमा आएको फिल्मलाई दर्शकले रुचाएका थिए भने राजधानीमा मल्टिप्लेक्स सहितको केहि सिंगल स्क्रिनमा यसले ५१ औ दिन पार गरेको थियो ।

Facebook Comments