नयाँ किर्तिमानको तयारीमा उपाध्याय

संगीत । गीत लेखन मार्फत नै गिनिज बुक अफ अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएका गीतकार डा. डीआर उपाध्याय नयाँ तयारीमा जुटेका छन् । मेहनत र धैर्यका साथ् गीतकार उपाध्यायले आगामी साउन २५ गते आधिकारिक रूपमा थप १७ विश्व कीर्तिमान आफ्नो पोल्टामा पार्नेछन् । गीत लेखनमा विभिन्न नयाँ प्रयोग गरेर रेकर्ड गराएका डीआरले एकै दिन १२ भाषामा रेकर्ड गराएका गीत सार्वजनिक गरेर गिनिज बुकमा आफ्नो र देशको नाम लेखाएका हुन् । उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले गिनिज बुक अफ वल्र्ड रेकर्डस्को प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

उनले ‘मायाको सागरमा’ गीति एल्बमको एक गीत १२ भाषामा तयार पारेर गिजिन अफ वल्र्ड रेकर्डमा नाम लेखाएका हुन् । गीतमा सन्तोष श्रेष्ठको संगीत छ । यो गीत सागर अधिकारी ‘शरद’, प्रकाश तिमिल्सिना र गीतकार डीआरले गाएका हुन् । मायाको सागर गीतलाई नेपाली, हिन्दी, चिनियाँ, जापानी, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारिएको हो ।

डीआरका ‘प्रणय’, ‘कृति’, ‘माउन्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कड्स’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दूर’, ‘अन्तराप’, ‘जखम’ र ‘मायाको सागरमा’ जस्ता १९ वटा गीति एल्बमका सयौं गीत सार्वजनिक छन्।

उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘दगाबाज’ ‘स्वार्थी’, ‘अधुरो प्रेम’, ‘त्यागी’, ‘वज्रघात’, ‘अपवित्र छाया’, ‘बिटुली’ र ‘सपनाकी रानी’ जस्ता १० उपन्यास पाठकमाझ आइसकेका छन्। वल्र्ड बुक्स अफ अमेरिका, अस्ट्रेलिया, लन्डनलगायत विभिन्न देशबाट १४ वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन्। २०७५ देखि अहिलेसम्ममा उनले आफ्ना यी कृति सार्वजनिक गरेका हुन्।

फरक शैलीले काम गर्ने मेरो बानीलाई सफलताको श्रेय दिने गीतकार उपाध्यायले भने ,’२ सय ८० हरफको एउटा गीत लेख्न मात्रै लगातार २१ दिन मेहनत गरेको छु’ । महिलाको स्वभाव र सम्बन्धमाथि नै विद्यावारिधि गरेका डीआरले भने ,’धेरैवटा रेकर्ड पाइसकेपछि गिनिजका लागि पनि किन प्रयास नगर्ने भन्ने लागेर एप्लाई गरेको थिएँ, प्राप्त भयो। यो मेरो मेहनतको फल हो।
कमेन्ट गर्नुहोस्