फिल्म । डेब्यु फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मार्फत नै दर्शक माँझ नोटिस भएका थिए , वरुण धवन । उनको फिमेल फ्यान फ्लोअर्स पनि राम्रो छ । यिनै वरुणले अब फ्यानको मन दुखाउने भएका छन् । नताशा र बरुण यो बर्षको मे महिनामा बिहे गर्दैछन् । उनीहरुको बिहेको तयारी सुरु भैसकेको छ । नताशा वरुणको परिवारसँग नजिक छिन् । उनलाई वरुणका पिता डेभिड धवनले निकै रुचाउँछन् ।
वरुण र नताशाको बिहे गोवामा हुने बताइएको छ । उनको केजेल फ्रेण्ड तथा गर्लफ्रेण्ड नताशा दलालसंग उनले विहे गर्न लागेका हुन् ।कलेज लाइफ देखि नै एक अर्काको माँझ परिचित बनेका वरुण र नताशाले अन्तत विहे गर्ने निर्णय गरेका हुन् । यी दुइले प्रेमलाईफलाई स्वीकार गरिसकेका छन् । नताशा पनि वरुणसंग विवाह गर्ने कुराले उत्साहित छिन् । वरुण आउँदो फिल्म ‘स्ट्रीट डान्सर ३ डी’ मा व्यस्त छन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्