किन घोषणा भएन उत्कृष्ट फिल्म ?

फिल्म । चलचित्र विकास बोर्डले आज राष्ट्रपतिभवन शीतलनिवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ प्रदान गर्यो । राष्ट्रपति रामचन्द्र पौडेलले वितरण गर्नुभएको अवार्डको विभिन्न किसिमले चर्चा भईरहेको छ । आयोजित समारोहमा मुख्य विधा बाहेकका आठ विधामा पुरस्कार बाँडियो । अर्थात् उकृष्ट फिल्म घोषणा गरिएन ।

राष्ट्रिय चलचित्र पुरस्कारको इतिहासमा मुख्य विधा विना अवार्ड वितरण गरिएको यो पहिलो घटना हो । पटकथा, छायांकन, सम्पादन, अभिनेत्री, अभिनेता, निर्देशक, आदिवासी जनजाति र जुरी अवार्ड मात्र वितरण गरिएको थियो । उत्कृष्ट फिल्म घोषणा नहुँदा जुरीले दुई फिल्मलाई भने ‘जुरी अवार्ड’ दिए ।

पुरस्कार वितरण समारोहमा जुरी संयोजक राजेन्द्र शलभ र सदस्य चेतन सापकोटा अनुपस्थित थिए । शलभ काठमाडौंमै रहे पनि अवार्डमा उपस्थित भएनन् भने सापकोटा अमेरिका भ्रमणमा छन् ।

संयोजक रहेका शाल्लभ कार्यक्रममा उपस्थित नहुनुको कारण सोही उत्कृष्ट फिल्म रहेको बुझिएको छ । निर्णायक समितिमा रहेका एक सदस्यले सोही विषयमा बोर्डसँग मतभेद भएपछि संयोजक अवार्डमा उपस्थित नभएको हुनसक्ने जानकारी दिए । बोर्डका कुनै पनि सदस्यले सर्वश्रेष्ठ फिल्म विधाको अवार्ड घोषणा नगर्नुको कारणबारे केही खुलाएनन् ।

यद्यपि निर्णायक समितिले बोर्डलाई उत्कृष्ट फिल्म ‘प्रकाश’ सिफारिस गरेका थिए । माओवादी द्वन्द्व र त्यसपछि भएको परिवर्तनलाई देखाईएको फिल्मलाई उत्कृष्ट भन्न नसकिने सञ्चार मन्त्रालयले अडान लिएपछि उक्त विधा हटाइएको बुझिएको छ ।

स्रोतका अनुसार केहि दिन अगाडी मात्र सञ्चार मन्त्रालयका पदाधिकारीले फिल्म हेरेका थिए । फिल्ममार्फत देखाईएको कथालाई अनुचित भन्दै पुरस्कार नदिएको चर्चा समरोहमै चलेपछि असन्तुष्टी वढेको थियो ।

कमेन्ट गर्नुहोस्