‘छमाया छपक्कै’ मा केकी ?

फिल्म । वैशाख अन्त्य वा जेठको पहिलो साताबाट छायाँकनमा जाने फिल्म ‘छमाया छपक्कै’ ले कलाकारको नाम खुलाईसकेको छैन् । आउँदो सातानै एक औपचारिक कार्यक्रम गरेर फिल्मको बारेमा जानकारी दिने तयारी गरिरहेको टिमले अभिनेत्रीमा कसलाई लिन्छन् भन्ने जिज्ञाषा फिल्मनगरीमा उत्तिकै छ । यसै बीच निर्माण पक्षले फिल्ममा रहने एकमात्र हिरोइनको लागि केकी अधिकारीसँग कुरा अगाडी बढाई रहेको बुझिएको छ । जसलाई निर्माण पक्षले सार्वजनिक गरिसकेको छैन ।

फिल्म नजिकको स्रोतलाई मान्ने हो भने केकी लगभग फाइनल भइसकेकी छिन् । फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गर्दैछन् भने यसमा दीपकराज गिरी , केदार घिमिरे , जितु नेपाल लगायत मुख्य भूमिकामा हुनेछन् । फिल्म निर्माणमा दीपक र दीपाश्री निरौलाले रोहित अधिकारीसँग सहकार्य गरेका छन् । केकीले यस अगाडी नै दिपेन्द्रको निर्देशनमा तयार भएको फिल्म ‘घामपानी’ मा काम गरिसकेकी छिन् ।

तर , केकीको सहकार्य भने दीपक दीपासँग हुन् सकेको छैन । दीपक दीपाको निर्माणमा रहेको दोस्रो ‘वडा नम्बर ६’ मा केकी हुने सम्भावना थियो तर त्यस समयमा निर्माण पक्षले विविध कारणले प्रियंका कार्कीलाई अभिनेत्रीको रुपमा सेलेक्ट गर्यो । त्यस यता निर्माण भएका सिरिजमा प्रियंका देखिदै आएकी छिन् ।

Facebook Comments