‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ हेर्न अभिभावक चाहिने

फिल्म । यही शुक्रबार फागुन १८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ लाई केन्द्रीय चलचित्र जाँच समितिले प्यारेन्टल गाइडेन्स अर्थात् पीजी सर्टिफिकेट दिएको छ । यो फिल्म हेर्न १६ वर्ष मुनिका दर्शक अभिभावकको साथमा जानु पर्ने छ । फिल्ममा भएका द्वन्द्वका दृश्यका यसलाई पीजी दिईएको हुन् सक्छ ।

सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ लाई देशभरका हलले सुखद शो उपलब्ध गराएका छन् । सार्वजनिक प्रचार सामग्रीका कारण चर्चामा रहेको फिल्मलाई देशभरका १ सय ११ फिल्म हलले २ सय ५९ शोहरु उपल्बध गराएका छन् ।

फिल्ममा सौगात मल्ल, मलिका महत, नाजिर हुसेन, रवीन्द्र झा लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेल निर्मातामा छन् भने कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

सञ्जय लामाको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा र भाष्कर स्वाँरको ब्याकग्राउन्ड म्यूजिक तथा एसडी योगीको संगीत छ ।

कमेन्ट गर्नुहोस्