दीपक भन्छन् ‘फेक आइडीको सहारामा प्रहार’

फिल्म । पछिल्लो समय दीपाश्री निरौलाले एक अन्तवार्तामा महानायकको विषयमा दिएको अभिव्यक्तिले केहि दिन यता सामाजिक सञ्जाल तातेको छ । उक्त अभिव्यक्तिलाई लिएर दीपालाइ सामाजिक संजालमा केहिले गालीगलौच समेत गरेका छन् । दीपालाई सामाजिक सञ्जालमा चर्को आलोचना हुँदा दीपकराज गिरीले सामाजिक सञ्जाल मार्फत नै आफ्नो कुरा राखेका छन् । निर्माता, कलाकार तथा निर्देशक गिरीले नायक राजेश हमाललाई ‘महानायक’ होइनन् भन्ने अधिकार आफूलाई नभएको स्पष्ट पारेका छन् ।

फेसबुकमा लाइभ कुरा गर्दै दिपकले एउटा ब्रान्ड टिमले अर्को ब्रान्ड कलाकारको बिषयमा प्रश्न उठाउनु गलत भएको प्रतिक्रिया दिएका छन् । उनले हमालको बिषयमा बहस गर्दै गर्दा ‘छक्का पन्जा’को ब्रान्डमाथि प्रहार भएको समेत आरोप लगाएका छन् । दीपकले आफूहरुलाई प्रहार गर्नेमध्ये ७५ प्रतिशत फेक आइडी रहेको समेत बताएका छन् । दीपकले विरोध भन्दा पनि गालीगलौचमा उत्रिनु दुखद रहेको प्रतिक्रिया समेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्