कोरोना संक्रमित ७ सय ७३

देश । मंगलवार मात्र नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ९० थपिएको छ । देशभर जाँच गरिएको रिपोर्टमा ९० जनाको पोजेटिभ आएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ सय ७२ पुगेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले कपिलवस्तुका २६, रौतहटका २२ जना, सुर्खेतका १२, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, गुल्मी, अर्घाखाँची र स्याङ्जाका २/२ र धनुषा, रुपन्देही, कैलाली र अछामका एक/एक जना कोरोना संक्रमण पुष्टी भएको बताएका छन् । मंगलवार ९० संक्रित थपिदा नेपाल भर कोरोना संक्रमण देखिएको जिल्लाको संख्या पनि ४६ पुगेको छ ।

हालसम्म सबैभन्दा बढी बाँकेमा १५४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कपिलवस्तुमा १०९, पर्सामा ९५, रौतहटमा ६९ र रुपन्देहीमा ४४ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एक/एक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्