नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

देश । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर विकास देवकोटाले बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको बताए ।

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो । नारायणी अस्पतालमा गरेको परीक्षणमा रिपोर्ट शंकास्पद आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । त्यसक्रममा उनको रिपोर्ट पोजेटिभ आएको मन्त्रालय डाक्टर देवकोटाले जानकारी दिएका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । डाक्टर देवकोटाले मृतकको अन्तिम संस्कारमा सहभागीलाई ट्रेसीङ गरिएको र सबैको परिक्षण तत्कालै गर्ने बताए ।

कमेन्ट गर्नुहोस्