विराटले ‘बायोपिक’ मा राखे शर्त

फिल्म । बलिउडमा केहि समय यता बायोपिक फिल्मको लहरनै छ । यस्ता फिल्मलाई दर्शकले पनि रुचाइरहेका छन् । जसले गर्दा निर्माताले लगानी गरिरहेका छन् । भारतीय क्रिकेटर तथा पुर्व कप्तानहरु सचिन तेन्दुलकर र महेन्द्र सिंह धोनीको जीवनीमा फिल्म बनिसकेको छन् । यसका साथै सन् १९८३ मा भारतले क्रिकेटमा ‘वर्ल्ड कप’ जितेको प्रसंगलाई तात्कालिन कप्तान कपिल देवको माध्यमबाट देखाइने फिल्म ‘८३’ पनि प्रदर्शनको लागि तयार छ ।

क्रिकेटर माथि र क्रिकेट माथि फिल्म बनिरह्दा अहिले नेशनल टिमका कप्तान विराट कोहलीलाई पनि बायोपिक बारे प्रश्न सोधिएको छ । उनलाई फुटवलका कप्तान सुनिल छेत्रीले प्रश्न गरेका हुन् । यसमा उनले आफ्नो बायोपिक बनाउन अनुमति दिने बताए । तर , उनले केहि शर्त पनि राखे । ‘म बायोपिकमा आफै काम गर्न पनि तयार छु तर मसँग अनुष्का हुनु पर्छ । किनकी उनि बिना म त्यो गर्न सक्दिन’ उनले लाइभ कुराकानीमा भने ।

साथै , आफ्नो जीवनलाई लयमा ल्याउने श्रेय पनि उनले अनुष्कालाई दिए । ‘उनैले गर्दा मेरो जीवनमा धेरै परिवर्तन आएको छ , जसलाई मैले महसुश गरेको छु’ उनले भने । विराटले एक्ट्रेस अनुष्का शर्मासँग सन् २०१७ मा विवाह गरेका थिए । लामो समयको प्रेम जीवनलाई यी दुइले विवाहमा परिणत गरेका हुन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्