देश । शताब्दी पुरुष सत्यमोहन जोशी १०१ वर्ष पुगेका छन् । ललितपुर निवासी जोशीले नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका छन् । जोशी वैशाख ३० गते मंगलबार १०१ वर्ष पुगेका हुन् ।
यसैबीच जोशी १०१ वर्ष पुगेको अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले जोशीलाई महान नेपाली लेखक र जीवित साँस्कृतिक आइकनको उपमा दिएका छन् । उनले ट्वीटरमार्फत् जोशीको सुस्वास्थ्यको कामना गर्दै जन्मदिनको शुभकामना दिएका छन् ।
Happy 101st birthday to a living cultural icon, Satya Mohan Joshi – the legendary Nepali writer & scholar on cultural preservation & environmental awareness! Wishing you good health and all the best!🙏 pic.twitter.com/xU42srOVLd
— Ambassador Randy Berry (@USAmbNepal) May 12, 2020
कमेन्ट गर्नुहोस्








