नेपाली चेलीलाई शाही सम्मान

विदेश । नेपाली चेली कन्चन अमात्यलाई बेलायत सरकार शाही सम्मानका साथ मानवता सेवा पुरस्कार प्रदान गरेको छ । ललितपुरको जावलाखेल घर भई हाल अमेरिकामा बस्दै आएकी कन्चनलाई मानव सेवामा गरेको कामको मूल्यांकन गर्दै बेलायती शाही परिवारले उक्त पुरस्कार दिएको हो । गत वर्ष २०१९ मा डायना अवार्ड रोल अफ अनरबाट सम्मानित भएकी अमात्य यो सम्मान पाउने उनी सम्भवत पहिलो नेपाली युवा नेतृत्व हुन् । पुरस्कार कन्चन अमात्यकी आमा कृष्ण अमात्यले ग्रहण गरिन् ।

उक्त पुरस्कार अमात्यसहित अन्य १९ वटा देशका व्यक्तिहरुलाई पनि दिइएको छ । जसमा बेलायत, क्यानडा, मलेसिया, नाइजेरिया, तान्जानिया र भारत छन् । पुरस्कार ड्युक अफ क्याम्ब्रिज प्रिन्स विलियम र डायनाका भाइ लर्ड एर्ल स्पेन्सरले वितरण गरेका थिए । अमात्य शीर्ष २० उत्कृष्ट युवाहरूमा छनौट परेकी थिइन् । उनीहरूले समुदायको सेवाका लागि नयाँ पुस्तालाई प्रेरणा र परिचालन गर्ने आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।

कमेन्ट गर्नुहोस्