‘निर्माण व्यवसायीको मागप्रति सरकार सकारात्मक छ’ : उपप्रधानमन्त्री सिंह

देश । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति सरकार सकारात्मक रहेकाे बताएका छन् । आज नेपाल निर्माण व्यवसायी महासंघकातर्फबाट मन्त्री सिंहलाई बधाई दिन पुगेकाे टाेलीसँगकाे भेटमा सिंहले यस्ताे बताएका हुन् ।

सिंहले निर्माण व्यवसायीले भाेगिरहेका समस्या समाधान गर्न सरकार गम्भीर हुने भन्दै निर्माण व्यवसायीलाई पनि आयाेजनाहरू समयमै सम्पन्न गर्ने गरि काम गर्न आग्रह गरे ।

उपप्रधानमन्त्री सिंहलाई बधाई दिँदै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीले भाेगिरहेका भुक्तानीदेखि सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने संशाेधनकाे विषयमा ध्यानाकर्षण गराएका थिए । साे क्रममा उपप्रधानमन्त्री सिंहले निर्माण व्यवसायीहरूले राखेका जायज माग सम्बाेधन गर्न सकारात्मक रहेकाे भन्दै अब लामाे कुरा भन्दा काम गरेर देखाउनेतर्फ लाग्नुपर्नेमा जाेड दिए ।

कमेन्ट गर्नुहोस्