देश । कोरोना भाइरस (कोभिड १९) को कारण नेपाल गत चैत्र ११ देखि लकडाउन छ । हिजो आइतबारबाट ४२ उद्योग खोल्न दिने भनिएसँगै चहलपहल बढेको छ । विना सावधानी बढ्दो चहलपहलले कोरोनाको संक्रमण फैलिने जोखिम बढाएको छ । यसैक्रममा कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् । उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् । एक जना पुरुषको भने उमेर खुलेको छैन । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।
कमेन्ट गर्नुहोस्









