अन्तरिक्षमा फिल्म सूटिङ गर्ने तयारीमा टम क्रुज

फिल्म । नासाका अनुसार अभिनेता टम क्रुज फिल्म निर्माणका लागि भन्दै अन्तरिक्षमा उड्ने तयारी गरिरहेका छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबारे बन्ने फिल्मको लागि अन्तरिक्ष एजेन्सी क्रुजसँग मिलेर काम गरिरहेको बताइएको छ । नासाका प्रवक्ताले जनाए अनुसार क्रुज अन्तरिक्षमा जानेछन् र बस्नेछन् । साथै अत्याधिक महंगा प्रयोगशालाहरु यसमा खटाइनेछ । ती प्रयोगशाला पनि पृथ्वीको परिक्रमा गराइनेछ । अन्तरिक्षयात्रीको टोलीले यसका लागि सन् २००० देखि काम गरिरहको छ ।

नासाका अनुसार बाह्य अन्तरिक्षमा छायांकन गरिने यो पहिलो ‘न्यारेटिभ फिचर फिल्म’ बन्नेछ । यस प्रोजेक्टको क्रममा दैनिक २२ हजार ५ सय अमेरिकी डलर खर्च हुने पनि बताइएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन दर्जनौँ देशहरुबीच साझेदारीको रुपमा निर्माण गरिएको थियो । तर अमेरिका र रुस यसका प्राथमिक संचालक हुन् ।

‘स्पेश स्टेशन’मा केही फिल्म केही फिल्म यसअघि नै छायांकन भएका छन् । २००२ मा ‘आईम्याक्स डकुमेन्ट्री’ पनि तिनैमध्ये एक थियो । जसको न्यारेशन क्रुजले नै गरेका थिए । २०१२ मा बनेको ‘अपोलोजी अफ फियर’ नामको साइन्स फिक्सन फिल्म पनि त्यस्तैमध्येको अर्को हो । क्रुज भने अन्तरिक्षमा अभिनय गर्ने पहिलो अभिनेता हुनेछन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्