फिल्म । बलिउड अभिनेता सलमान खान अविवाहित छन् । उनको विवाहको चर्चा हुन् थालेको धेरै भइसकेको छ । तर , उनको विवाह अझै भएको छैन । उनलाई विवाह गर्ने कहिले गर्ने ? भन्ने प्रश्न धेरै सोधियो । यसै प्रश्नको जवाफ सलमानले हालै पुनः दिएका छन् । उनले एक अन्तर्वार्ताको क्रममा भने ‘म विवाह गरेर अरुको जिन्दगीलाई अन्धकार गर्न चाहदिन ।’
सलमानसँग विवाह गरेरे कसको पो जिन्दगी अन्धकार होला र ? ‘म अहिले पनि कोटकै चक्करमा छु यदि मलाइ सजाए भयो भने मसँग विवाह गर्नेको जिन्दगी खराब हुदैन त ?’ सलमानले भने । उनले आफ्नो श्रीमती र बच्चा जेलमा भेट्न आउँदा निकै गाह्रो हुने भएकाले सजायको फैसला नभएसम्म विवाह नगरेको प्रस्ट्याएका छन् । उनको फिल्मको चर्चा गर्ने हो भने ‘दबंग ३’ आउँदो डिसेम्बरमा रिलिज हुदैछ ।
कमेन्ट गर्नुहोस्










