विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या २६ लाख २३ हजार ४ सय १५ पुगेको छ भने यसबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ८३ हजार २७ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट ७ लाख ९ हजार ६ सय ९४ जना निको भएका छन् ।
पछिल्लो समय कोरोना भाइरसले महामारीको रुप लिएको राष्ट्रमा पर्छ , संक्युक्त राज्य अमेरिका र युरोपको स्पेन , इटाली तथा फ्रान्स । यी देशमा मृत्युदर र संक्रमणको दर बढ्दो छ । अमेरिकामा मृतक संख्या ४७ हजार ७ सय ५० पुगेको छ भने इटाली मृतक संख्या २४ हजार ६ सय ४८ पुगेको छ । यसैगरी अमेरिकामा संक्रमितको संख्या ८ लाख ५२ हजार ७ सय ३ पुगेको छ भने इटालीमा संक्रमितको संख्या १ लाख ८७ हजार ३ सय २७ जना पुगेको छ । अमेरिकामा ७७ हजार २ सय १० जना संक्रमण मुक्त भएका छन् भने इटालीमा ५१ हजार ६ सय जना संक्रमण मुक्त भएका हुन् ।
स्पेनमा मृतक संख्या २१ हजार ७ सय १७ पुगेको छ भने संक्रमितको संख्या २ लाख ८ हजार ३ सय ८९ जना पुगेको छ । फ्रान्समा मृतक संख्या २१ हजार ३ सय ४० पुगेको छ भने संक्रमितको संख्या १ लाख १९ हजार १ सय ५१ पुगेको छ । बेलायतमा मृतक संख्या १८ हजार १ सय र संक्रमितको संख्या १ लाख ३३ हजार ४ सय ९५ पुगेको छ । यसैगरी जर्मनीमा मृतकको संख्या ५ हजार ३ हजार १५ जना रहेको छ भने यहा १ लाख ५० हजार ६ सय ४८ जना संक्रमित रहेका छन् ।(एजेन्सी)










