विदेश । लामो समयदेखी शैक्षिक क्षेत्रमा सक्रिय एजुकेसन एण्ड माइग्रेसन कर्नरले समय समयमा व्यवसायसँगै सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आइरहेको छ । सामाजिक क्षेत्रमा सक्रिय हुने मामिलामा पनि आफ्नो उपस्थिति जनाउदै आएको एजुकेसन एण्ड माइग्रेसन कर्नरले अहिलेको बिषम परिस्थितिलाई मध्यनजर गर्दै विधार्थीहरुलाई सहयोग गर्ने भएको छ ।
पछिल्लो समय विश्वनै कोरोना भाइरस (कोभिड १९) को महामारीमा छ । यसैलाई मध्यनजर गर्दै संस्थाले विधार्थीहरुका निमित १० लाख नेपाली रकम छुट्याउदै सहयोग गर्ने जनाएको छ । ‘हामीले यसलाई हाम्रो कर्तव्य र दायित्व निर्वाहको रुपमा लिएका छौ । हामी विधार्थीलाइ हाम्रो परिवार मात्र भन्दैनौ , दु:खमा पनि साथ छौँ’कर्नरका प्रमुख सुनिल उप्रेतीले भने ।
सन् २०१८ देखि वैदेशिक अध्यनको क्षेत्रमा यस संस्थाले काम गर्दै आइर्रहेको छ । ‘काम गुमाउने र काम नभएका विधार्थीलाई हामी 60 डलर उपलब्ध गराउने छौ’ कर्नर प्रमुख उप्रेतीले भने । उनले सहयोग प्राप्त गर्न सिड्नीमा रहेको आफ्नो कार्यालयको सम्पर्क नम्बरहरु 02 8084 0236 ,0401 407 356 वा इमेल [email protected] मा सम्पर्क राख्न अनुरोध गरेका छन ।








