सहयोगी आँचल र उदीप

फिल्म । कोरोना भाइरस (कोभिड १९) को कारण नेपाल ‘लकडाउन’ छ । नेपालमा चैत्र १० गते दोस्रो कोरोना संक्रमितको पुष्टी स्वयम् नेपाल सरकारले गरे लगतै भोलिपल्ट चैत्र ११ गतेदेखि नेपालमा ‘लकडाउन’ गरिएको हो । पछिल्लो समय वैशाख १५ सम्म लकडाउन हुने बताइएको छ । यद्दपी यो लम्बिनेमा दुइ मत छैन । लकडाउनमा विधार्थी तथा दैनिक ज्यालादारी गर्ने श्रमिकलाई अप्ठेरो पर्ने गर्छ । समाजमा परेको अप्ठेरोलाई समाजबाटै समाधान गर्ने प्रयास स्वरूप केहि सहयोगीले हात अगाडी बढाउदै सहयोग गर्ने गर्छन् ।

पछिल्लो समय नेपाली फिल्मका कलाकारहरुले पनि सहयोगी हात अगाडी बढाएका छन् । यसैक्रममा अगाडी आएकी छिन् एक्ट्रेस आँचल शर्मा । गत फागुनमा डाक्टर उदीप श्रेष्ठसँग विवाह बन्धनमा बाधिएकी अभिनेत्री आँचलले पतिसँग मिलेर सहयोगी भाव देखाएकी हुन् । उनले एक सय परिवारलाई राहत वितरण गरेकी छिन् । उनले लकडाउनका कारण समस्यामा परेका काठमाडौंस्थित क्षेत्रपाटीमा बसोबास गर्ने मजदुर परिवारलाई सहयोग गरेकी हुन् । उ

कमेन्ट गर्नुहोस्