कोरोना संक्रमित साढे एक्काइस लाख

विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या २१ लाख ५३ हजार ६ सय २० पुगेको छ भने यसबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ४८ हजार ८ सय ४४ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट ५ लाख ४२ हजार १ सय ४३ जना निको भएका छन् ।

पछिल्लो समय कोरोना भाइरसले महामारीको रुप लिएको राष्ट्रमा पर्छ , संक्युक्त राज्य अमेरिका र युरोपको स्पेन , इटाली तथा फ्रान्स । यी देशमा मृत्युदर र संक्रमणको दर बढ्दो छ । इटालीमा मृतक संख्या २२ हजार १ सय ७० पुगेको छ भने संयुक्त राज्य अमेरिकामा मृतक संख्या ३४ हजार ५ सय ६२ पुगेको छ । यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ६८ हजार ९ सय ४८ पुगेको छ भने अमेरिकामा संक्रमितको संख्या ६ लाख ७५ हजार २ सय ४३ जना पुगेको छ । इटालीमा ४० हजार १ सय ६४ जना संक्रमण मुक्त भएका छन् भने अमेरिकामा ५५ हजार ५ सय ६१ जना संक्रमण मुक्त भएका हुन् ।

स्पेनमा मृतक संख्या १९ हजार ५ सय १६ पुगेको छ भने संक्रमितको संख्या १ लाख ८५ हजार ३ सय ९ जना पुगेको छ । फ्रान्समा मृतक संख्या १७ हजार ९ सय २० पुगेको छ भने संक्रमितको संख्या १ लाख ८ हजार ८ सय ४७ पुगेको छ । बेलायतमा मृतक संख्या १३ हजार ७ सय २९ र संक्रमितको संख्या १ लाख ३ हजार ९३ पुगेको छ । यसैगरी जर्मनीमा मृतकको संख्या ४ हजार ५२ जना रहेको छ भने यहा १ लाख ३७ हजार ६ सय ९८ जना संक्रमित रहेका छन् ।

(एजेन्सी)

कमेन्ट गर्नुहोस्