फिल्म । वर्ष २०७६ नेपाली फिल्मका लागि अनुमान गरिए अनुसारको सुख हुन् सकेन । वर्षको सुरुवात हुँदै गर्दा प्रदर्शनमा आउने फिल्मको लिस्ट हेरेर धेरैले सुखद हुने अनुमान गरेका थिए । वर्षको अन्तिममा डेढ महिनाको कोरोना भाइरस (कोभिड १९) ले गर्दा असर गर्यो । विश्वभर कोरोना भाइरसको फैलिएको महामारीबाट नेपाल पनि अछुतो रहन सकेन । फलत : फागुनको तेस्रो सातापछी फिल्म रिलिज भएनन् । चैत्र ११ देखि नेपाल ‘लकडाउन’ छ ।
जात्रै जात्रा, कबड्डी कबड्डी कबड्डी र छ माया छपक्कै वर्ष २०७६ मा प्रदर्शन भएका ब्लकबष्टर फिल्म हुन् । यिनले स्वदेशसँगै विदेशमा राम्रो व्यापार गरे । यी मध्य जात्रै जात्राले समीक्षा पनि राम्रो बटुल्यो । नेपालमा निर्माण भएका सिक्वेल मध्य समीक्षक र दर्शक दुवैले रुचाउने फिल्म बन्यो ‘जात्रै जात्रा’ । कबड्डी कबड्डी कबड्डीलाई मनोरन्जनात्मक भनियो । यद्दपी सिरिज बढ्दै गर्दा यसले गुणस्तर बढाउन नसकेको आरोप खेप्नु पर्यो । यसैगरी छ माया छपक्कैलाई कन्टेन भएको कमेडी भनियो । केहिले यसलाई भारतीय फिल्म ‘कौन कितने पानी मे’ सँग प्रभावित भएको भनेता पनि यस्ता घटनाको उदाहरण नेपालमा पनि प्रसस्तै छन् ।
दाल भात तरकारी , आमा र सेन्टी भाइरस औषत रहे । उनीहरुले स्वदेशी बजारबाटै लगानी उठाए । दाल भात तरकारी र सेन्टी भाइरसले चर्चा अनुसारको व्यापार गर्न सकेन । यद्दपी आमाले भने समीक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया पायो । फिल्मले आक्रमक भन्दा पनि ‘वर्ड अफ माउथ’ को कारण राम्रो प्रतिक्रिया पायो । गत सालको तुलनामा यो साल झण्डै आधा कम फिल्महरु प्रदर्शन भए । गत साल एक सय वटा फिल्महरु प्रदर्शनमा आएका थिए । फिल्म कम प्रदर्शनमा आएको कारक कोरोना भाइरस पनि बन्यो ।
बर्ष २०७६ मा प्रदर्शन भएका नेपाली फिल्महरु १.बैशाख १३ : कालो बर्ष (ब्ल्याक इयर) २.बैशाख २० : दाल भात तरकार, निर्देशक : सुदन केसी । कलाकारहरु : हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा ३.बैशाख २७ : पसिना ४.जेठ ३ : जात्रै जात्र, निर्देशक : प्रदीप भट्टराई । कलाकारहरु : बिपिन कार्की, बर्षा राउत, दयाहाङ राई, रविन्द्र खड्का र रविन्द्र झा । ६.जेठ ३ : बिर बिक्रम २, निर्देशक : मिलन चाम्स । कलाकारहरु : पल शाह, बर्षा सिवाकोटी र नाजिर हुसेन । ७.जेठ १७ : कप्स, निर्देशक : सम्राट सापकोटा ८.जेठ १७ : कुम्भ करण, निर्देशक : दिपक वली ९.जेठ १७ : काउसो, निर्देशक : मदन घिमिरे १०.जेठ २४ : रेस, निर्देशक : किशोर सुब्बा ११.जेठ ३१ : प्रेम दिवस, निर्देशक : योगेश घिमिरे, कलाकारहरु : प्रियंका कार्की, आयुष्मान जोशी । १२.जेठ ३१ : झट्का १३.असार १३ : आप्पा, निर्देशक : अनमोल गुरुङ कलाकारहरु : दयाहाङ राई, सिद्धान्तराज तामाङ, अलोना काबो लेप्चा । १४.असार १३ : किर्तिपुर, निर्देशक : प्रदीप खड्गी १५.असार २० : सानो मन, निर्देशक : सुयोग गुरुङ कलाकारहरु : आयुष्मान जोशी र शिल्पा मास्के । १६.साउन ३ : घर, निर्देशक : अर्पण थापा । कलाकारहरु : अर्पण थापा, सुरक्षा पन्त र बेनिशा हमाल । १७. साउन ३ : बदला, निर्देशक समिर मियाँ । १८.साउन १० : एकलब्या, निर्देशक अनमोल शर्मा १९.साउन १० : सुपर गोर्खे, निर्देशक : राज थापा २०.साउन १७ : न यता न उता, निर्देशक : मिराज रोस । कलाकारहरु : ऋचा शर्मा, छुल्ठिम गुरुङ, रविन्द्र झा लगायत । २१.साउन १७ : रातो गलबन्दी, निर्देशक : अनिश थापा । कलाकारहरु : केकी अधिकारी र कोशिस क्षेत्री । २२.साउन २४ : साइनो, निर्देशक : रमेश थापा कलाकारहरु : नीता ढुंगाना, मिरुना मगर र राजकुमा । २३.साउन २४ : रोय, निर्देशक : दिनेश पौडेल २४.साउन २४ : काँचुली, निर्देशक : शंकर अधिकारी (घायल) २५.साउन ३० : हजार जुनीसम्म, निर्देशक : विकासराज आचार्य । कलाकारहरु : आर्यन सिग्देल, प्रियंका कार्की, सलोन बस्नेत, स्वस्तिमा खड्का, संचिता लुईंटेल, २६.भदौ ६ : जाइरा, निर्देशक : आशुतोषराज श्रेष्ठ कलाकारहरु : नम्रता श्रेष्ठ, अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ र सृजना रेग्मी । २७.भदौ १३ : मारुनी, निर्देशक : नवल नेपाल । कलाकारहरु : पुष्प खड्का र साम्राज्ञी आरएल, रेविका गुरुङ २८.भदौ २० सोच, निर्देशक : प्रभाकर प्रकाश । २९.भदौ २७ : पासवर्ड, निर्देशक : सम्राट बस्नेत । कलाकारहरु : अनुपविक्रम शाही, बुद्धि तामाङ, रविन्द्र झा, सन्नी लियोनी र प्रविन खतिवडा । ३०.भदौ २७ : हिरो नं वन्, निर्देशक : जय कुमार बस्नेत । ३१.असोज ३ : कबड्डी, निर्देशक : रामबाबु गुरुङ । कलाकारहरु : दयाहाङ राई, उपासनासिंह ठकुरी, रिश्मा गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ । ३२.असोज १० : रातो टिका निधारमा, निर्देशक : अशोक शर्मा । कलाकारहरु : साम्राज्ञी आरयल र अंकित शर्मा । ३३.असोज १७ : काले दाइ, निर्देशक : शिव शर्मा ३४.असोज १७ : शिवम, निर्देशक : राजु गिरी । ३५.असोज २४ : छ माया छपक्कै, निर्देशक : दिपेन्द्र लामा । कलाकारहरु : दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल । ३६.कात्तिक १ : लक्ष्मी रानी, निर्देशक : शुभेच्छा थापा । ३७.कात्तिक ८ : पोइ पर्यो काले, निर्देशक : शिशिर राणा । कलाकारहरु : सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ र सृष्ठि श्रेष्ठ । ३८.कात्तिक १५ : वादशाह जुट, निर्देशक : जोनी सिंह राना । कलाकारहरु : सुशिल श्रष्ठ, आमिर गौतम । ३९.कात्तिक २२ : जीवन काँडा कि फूल, निर्देशक : विनोद बिष्ट । कलाकारहरु : सारिका घिमिरे । ४०.कात्तिक २२ : घामड शेरे, निर्देशक : हेमराज विसी । कलाकारहरु : निश्चल बस्नेत र स्वस्तिमा खड्का । ४१.कात्तिक २९ : मिस्टर नेपाल, निर्देशक : देव भूषाल । ४२.कात्तिक २९ : सम्हालि राख है, निर्देशक : आरएर लामा (मोत्तान) ४३.मंसिर ६ : च चा हुईं, निर्देशक : साम्तेन भुटिया । कलाकारहरु : आर्यन सिग्देल, मिरुना मगर र माओत्से गुरुङ र भोलाराज सापकोटा । ४४.मंसिर १३ : सरौतो, निर्देशक : हरि हुँमागाईं कलाकारहरु : सुमी मोत्तान, सन्नी सिंह, विजय लामा र आमिर गौतम । ४५.मंसिर १३ : लभ यु हमेशा, निर्देशक : भाष्कर प्रधान । ४६.मंसिर १३ : मखमली मखमली, निर्देशक : राजु गिरी । ४७.मंसिर २० : माछा माछा, निर्देशक : सुनिल गुरुङ । कलाकारहरु : सौगात मल्ल, विजय बराल, प्रविन खतिवडा माओत्से गुरुङ । ४८.मंसिर २० : माया प्रेम, निर्देशक : टेक पौरखी राई । ४९.माघ ३ : १२ सत्ताइस, निर्देशक : जोन योञ्जन । ५०.माघ १७ : दि कर्मा, निर्देशक : देवकुमार श्रेष्ठ । कलाकारहरु : नीता ढुंगाना, परमिता आरएल र बुद्धि तामाङ । ५१.माघ २४ : सेल्फी किंग, निर्देशक : विशाल शापकोटा । कलाकारहरु : बिपिन कार्की, लक्ष्मी वर्देवा, अभय बराल, भुवन चन्द र जीवन भट्टराई । ५२.माघ २४ : साँङलो, निर्देशक : विराज भट्ट । कलाकारहरु : विराज भट्ट र निकिता चान्दक । ५३.फागुन : लभ डायरिज, निर्देशक : सौरभ श्रेष्ठ । कलाकारहरु : सुशिल श्रेष्ठ र रुविना थापा । ५४.फागुन ९ : सेन्टी भाइरस, निर्देशक : रामबाबु गुरुङ । कलाकारहरु : धुर्मुस-सुन्तली र दयाहाङ राई । ५५.फागुन ९ : आमा, निर्देशक : दिपेन्द्र के.खनाल । कलाकारहरु : मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरी ।











